Logo
Logo

संघीय संसदका दुबै सदनको बैठक बस्दै


756
Shares

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसपछि आजै यसका लागि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनेछ भने उक्त विधेयक पारितका लागि पनि आजै प्रस्ताव प्रस्तुत हुने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बीमा विधेयक, २०७५ र सर्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथी विचार गरियोस भन्ने प्रस्ताव पेस गर्नेछन् ।

गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट सन्देससहित प्राप्त विधायन व्यवस्थापन ससमितिको प्रतिवेदनसहित कारागार विधेयक २०७६ माथी छलफल गरियोस भन्ने प्रस्ताव पेस गर्नेछन् । साथै कारागार विधेयक २०७९ पारित गरियोस भन्ने प्रस्ताव पेस गर्ने कार्यसूचि रहेको राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्