Logo
Logo

तराईका जिल्लामा मौलायो बेथिति, झापामा स्टेसनरी गायब, कैलालीमा चिनी


131.1k
Shares

काठमाडौं । दशैं नजिकिदै गर्दा तराईका जिल्लामा सशस्त्र प्रहरी बलसँगको सेटिङमा तस्करी मौलाएको छ । तस्करीका कतिपय सामान त बाटाबाटै गायब हुन थालेका छन् ।

झापामा सशस्त्र प्रहरीले बरामद गरेको सामान नै गायब भएको छ । गत साउन ९ गते सशस्त्र प्रहरीको २ नम्बर गण झापाले बरामद गरेको १५ लाख बराबरको स्टेसनरी सामान गणपती एसपी प्रदिप सिंह कार्कीको मिलेमतोमा गायब भएको छ ।

बिआर ५० एच ८०८३ नम्बरको भारतीय पिकअपसहित सामान सशस्त्र प्रहरीको टोलीले तस्करीको बरामद भएको थियो । भन्सार बुझाउन मुचुल्का पनि तयार गरियो तर सामान भन्सार पुगेन । मुचुल्का भएर पनि सामान नबुझाउनुमा आर्थिक चलखेल हुन सक्ने स्रोत बताउंछ । एसपी कार्किले भन्सार बुझाउनु अघिनै मोटो रकम लिएर सामान छाडेको र यसमा एक नम्बर बाहिनीका डिआइजी कमल गिरिको समेत मिलेमतो हुन सक्ने गणका एक प्रहरीले बताए । सो सामान भन्सार नपुग्दै बीच बाटोबाटनै छाडिएको स्रोत बताउँछ । एसपी कार्कीले झापाका प्रमुख नाकाहरुमा आफ्ना विश्वासप्राप्त प्रहरी खटाएर तस्करी गराइरहेको र बरामदका कतिपय सामान गायब हुने गरेको स्रोत बताउँछ । एसपी र डिआइजी गिरीको निकटतम सम्बन्ध भएकाले दुवै मिलेर लाइन खोलेको चर्चा सशस्त्र प्रहरीभित्र छ ।

उता मधेस प्रदेशमा पनि बिकृती बढेको छ । जसको पुष्टि गत १३ भदौको एक घटनाले देखाएको छ । १३ गते मधेस प्रदेशस्थित सिरहा जिल्लाबाट मदिरा बोकेर तिब्र गतिमा गएको स्कार्पियो गाडिले किचेर भारतीय सशस्त्र सिमा बल ( एसएसबी ) का हेड कन्स्टेबल देबराज शर्माको मृत्यु भएको थियो । सो गाडी सिरहाको लगडिगोठबाट भारतीय सहर जोगिया हुँदै जयनगर तर्फ जाँदै थियो । सो स्कार्पियो गाडीमा अवैध मदिरा लोड गरेर गएको थियो । सशस्त्र प्रहरीसँग सेटिङ मिलाएर त्यसरी मदिरा तस्करी हुँदै थियो । यस घटनाले मधेस प्रदेशमा भइरहेको मदिरा सहित अन्य बस्तुको समेत डरलाग्दो तस्करीको अवस्थालाई बाहिर ल्याएको छ ।

सिरहामा मात्रै सशस्त्र प्रहरीका एक दर्जन बढी बिओपी छ्न् ।मदिरा तस्करी भइरहेको बिओपी लगडिगोठमा इन्सपेक्टर अनन्त राई र माडरमा केशर श्रेष्ठ बिओपी इन्चार्जका रुपमा छन् । जिल्ला स्थित सशस्त्र प्रहरी बलका ७ नम्बर गण प्रमुख एसपी रमेश कुमार थापाको कमजोर कमान्ड र मिलेमतोका कारण ठूलो घटना भएको छ । त्यसरी एसएसबीका कर्मचारीको मृत्यु भएको घटनाले नेपालतर्फको सुरक्षा कमजोरी बाहिर आएको छ ।

सिरहाका सबै जसो नाका बाट व्यापक तस्करी भइरहेको स्थानिय बताउंछन् । त्यहाँबाट हुने तस्करी र एसपीको गैरजिम्मेवार हर्कतका बिषयमा पटक पटक प्रश्न उठे पनि कारबाही हुन सकेको छैन ।

सिरहा मात्र होइन केही दिन अघि सप्तरीको बेल्हि नाकाबाट भित्रिएको अबैध सामान पक्रन गएको प्रहरी टोलि माथी तस्करले आक्रमण गर्दा तीन प्रहरी घाइते भए । उनीहरु घाइते भए पछि मात्र सशस्त्रको टोलि पुगेको थियो । बेल्ही बाट त्यहाँ स्थित बिओपी कमान्डर इन्सपेक्टर वसन्त कटुवाल र ६ नम्बर गणका एसपी प्रदिप खड्काको मिलेमतोमा तस्करी भएको यसबाटनै प्रमाणित हुन्छ । एसपी खड्काले दर्जन बढी घुमुवा परिचालन गरेको र तिनिहरुको नाम समेत यस अघिनै बाहिर आइसक्दा समेत उनी माथी समेत कुनै कारबाही भएन । सिरहा र सप्तरी मात्र होइन धनुषा र महोत्तरिको हालत पनि उस्तै छ ।महोत्तरीको सम्सी नाका बाट बिओपी कमान्डर इन्सपेक्टर जयराम बस्नेतले गणपती दिपेन्द्र गिरि समेतको मिलेमतोमा व्यापक तस्करी गराइरहेका छन् । यस्ता बिषयमा मुख्यालय स्थित बिभागिय प्रमुख समेत मौन बसेपछि माथिसम्मै मिलेमताको आशंका गरिएको छ ।

प्रहरी कार्यालयबाटै चिनी गायब

नेपाल प्रहरीको तराईका जिल्लामायतीसम्म बेथिती बढेको छ कि बरामद भएका सामान नै हराउन थालेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले बरामद गरेको करिब नौ सय किलो चिनी कार्यालयबाटै हराएको छ ।

एसपीकै मिलेमतोमा चिनी हराएको प्रहरी अधिकारीले बताएका छन् । जून घटनामा प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ । गत ८ भदौमा प्रहरीले ५० किलोका १८ बोरा चिनी बरामद गरेको थियो । जून चिनी प्रहरी कार्यालयमा पनि छैन भने भन्सारमा पनि बुझाइएको रेकर्ड छैन । सइ मदन धामी नेतृत्वको प्रहरीले चिनी बरामद गरेको र एसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा गायब बनाएको आरोप लागेको छ ।

प्रारम्भिक छानबिनमा प्रहरी लापरबाही देखिएपछि सुदुरपश्च्मि प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले एसपी राठौरसँग स्पष्टिकरण सोधेका छन् । छानबिन सुरु भएपछि भन्सारमा चिनी बुझाएको विवरण तयार पार्न चलखेल भइरहेको स्रोत बताउँछ ।

एसपी राठौर राजनीतिक नेतृत्वलाई खुशी बनाई पर्सा, मकवानपुर हुँदै कैलाली जिल्लाो इन्चार्ज पाउन सफल प्रहरी अधिकृत हुन् । आफ्नो ब्याचमा उनले सबैभन्दा धेरै जिल्ला इन्चार्ज पाएका छन् । पछिल्लो समय उनकै नेतृत्वमा कैलालीमा तस्करीको समेत लाइन खुलेको स्रोत बताउँछ । कैलाली मात्र होइन बाँके, रुपन्देही, पर्सा, बारा लगायत जिल्लामा यतीबेला एसपीकै मिलेमतोमा तस्करी फस्टाइएको विवरण प्रहरी प्रधान कार्यालयमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्