Logo
Logo

गठबन्धन कसैका विरुद्ध बनेको होइनः सञ्चारमन्त्री


1.3k
Shares

काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई समृद्धिको बाटोमा हिडाउन गठबन्धन जरुरी रहेको बताएका छन् ।

मंगलबार मन्त्रालयमा नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यको भेटमा सञ्चारमन्त्री कार्कीले संविधान रक्षा गर्नु गठबन्धनको मुख्य दायित्व रहेको बताएका हुन् ।

‘गठबन्धन दलको सिद्धान्त फरक छ तर मुलुकको स्वाधीनता, लोकतन्त्र र जनताको हितका पक्षमा हाम्रो धारणा साझा छ,’ मन्त्री कार्कीले भने, ‘संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनेको हो । कसैका विरुद्ध होइन ।’

मंसिर ४ गते हुन गइरहेको निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री कार्कीले बताए । गठबन्धन दलबीच सिट बाडफाड न्यायोचित र स्वभाविक ढंगले सम्पन्न हुने उनको भनाइ छ ।

‘१० वर्षमा नेपाललाई सम्पन्न, समृद्ध र सभ्य बनाउन र दक्षिण एसियाकै धनी राष्ट्र बनाउन हामी काम गर्नेछौं,’ मन्त्री कार्कीले भने ।

प्रतिक्रिया दिनुहोस्