Logo
Logo

काठमाडौं-७ मा कांग्रेसबाट डा. थपलिया सिफारिस


1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं-७ मा डा. रामशरण थपलियाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं ७ को प्रत्यक्ष उम्मेदवारतर्फ डा. थपलियाको नाम सिफारिस गरिएको हो ।

कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका थपलियासहित विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, नीलकाजी शाक्य, प्रमोदहरि गुरागाईं, सरोज थापा, सुशील भट्ट र प्रमिलासिंह डंगोलको पनि नाम सिफारिस भएको छ । उनको पुर्ख्योली घर धादिङ हो । यसअघि थपलियासँग पर्यटन क्षेत्र निकट धेरै संघ-संस्थामा रहेर काम गरिसकेको अनुभव छ ।

नेपाल उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य समेत रहेका थपलिया संस्थापन इतर समूहनिकट मानिन्छन् । वरिष्ठ पर्यटन व्यवसायी थपलियाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी)गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्