विराटनगर । झापा र मोरङबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरेको छ ।
लेटाङ-४ मोरङका सनिप राई र पूर्णप्रकाश मगर र मेचीनगर-७ का रोहित मण्डलको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद गरेको छ । उनीहरू मोटरसाइकलमा भारतबाट आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
यसैगरी प्रहरीले दमक-२ खरखरेमा शंकास्पद अवस्थामा हिँडिरहेका दमक-२ का ४१ वर्षीय भीमबहादुर खत्रीलाई ७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
भारतबाट नेपाल आउँदै गरेका सुन्दरहरैचा-२ का २८ वर्षीय ज्ञानदीप चौलागाँईलाई समेत ७५० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ ।
उनी विरटनगरस्थित रानी भन्सारको १ नम्बर ढाटबाट चेकजाँचका क्रममा पक्राउ परेका हुन् ।