Logo
Logo

गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्रकुमार राई


1.5k
Shares

काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्रकुमार राई नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले संस्थापक सञ्चालक राईलाई अध्यक्षमा नियुक्त गरेको हो । उनको नियुक्ति मंगलबार लागू भएको छ । यसअघिका अध्यक्ष गौरव बुढाथोकीले राजीनामा दिएपछि अध्यक्ष पद खाली थियो ।

सोमबारको सञ्चालक समितिको बैठकले बुढाथोकीको राजीनामा पनि स्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्