Logo
Logo

विनोद चौधरी २ जिल्लाका ३ ठाउँबाट सिफारिस


4.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ ठाउँबाट सिफारिस भएको छ ।

नवलपरासी–१ तथा नवलपुर–१ र २ बाट प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएका हुन् । नवलपरासी–१ मा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले निर्वाचन लड्दै आएका छन् । उनी तीनपटक यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुन् ।

यसपटक पनि पूर्वमहामन्त्री कोइरालाले निर्वाचन लड्ने आकांक्षा राखेका छन् । नवलपुर–२ मा कांग्रेस नेता एवं उद्योगी चौधरीलाई उम्मेदवार बनाउनुपर्ने स्थानीयको माग छ । उनले उक्त क्षेत्रमा पछिल्लो समय सक्रियता बढाएका छन् ।

कांग्रेस नेता चौधरीले पार्टीको निर्णयअनुसार आफू जहाँबाट पनि चुनावमा उठ्न तयार रहेको बताउँदै आएका छन् । कांग्रेसले अघिल्लो पटक समानुपातिक सूचीमा रहेका नेतालाई यसपटक नदोहाेर्याउने नीति लिएको छ ।

चौधरी २०७४ सालमा समानुपातिकतर्फ सांसद बनेका हुन् । चौधरीले टिकट पाउने पक्कापक्की भए पनि निर्वाचन क्षेत्र भने यकिन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्