Logo
Logo

संसद्को कार्यकालसम्बन्धी विधेयक तत्काल फिर्ता गर्न एमालेकाे माग


504
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्को कार्यकालसम्बन्धी विधेयकप्रति गम्भीर विमति जनाउँदै त्यो आफूहरूलाई स्वीकार्य नहुने बताएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले प्रस्तुत गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलमा संशोधन प्रस्ताव पेस गर्दै एमाले सांसद शेरबहादुर तामाङले संसद्को कार्यकालसम्बन्धी विधेयक तत्काल फिर्ता गर्न माग गरेका हुन् ।

तामाङले भने, ‘सरकारले यो विधेयक फिर्ता लिओस् भन्ने हामी चाहन्छौँ । कानुनमन्त्रीले आज फिर्ता लिए भन्नुभएन भने त्यसपछाडिको परिस्थिति उहाँले व्यहोर्नुपर्छ । हामी जिम्मेवार प्रतिपक्ष मात्र होइनौँ संसद्को जिम्मेवार टाइगर पनि हौँ । यसरी लोकतन्त्रको इकोसिस्टम बिगार्दै हिँड्ने हो भने हामी यहाँबाट निस्कने अवस्था आउन सक्छ । यस्ता विषयलाई ख्याल ख्यालको विषय नबनाऔँ ।’

सांसद तामाङले निर्वाचन घोषणा भएपछि संसद् स्वतः कोमामा जानुपर्ने र अधिवेशन अन्त्यको घोषणा गर्नुपर्नेमा विभिन्न बहानामा यसको कार्यकाल लम्बाएर तलब भत्ता खाइरहेकोमा आपत्ति समेत जनाए ।

प्रतिक्रिया दिनुहोस्