Logo
Logo

सरकारलाई प्रेम सुवालको प्रश्न- पञ्चायत र गणतन्त्रमा के फरक छ ?


819
Shares

काठमाडौं । नेपाल मजदुर किसन पार्टीका सांसद प्रेम सुवालले पञ्चायत र गणतन्त्रमा के फरक छ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको ‘केही नेपाल ऐन संशोधन’ विधेयकमाथिको संसदको समयावधि थप्ने प्रस्तावमा संशोधन प्रस्ताव पेश गर्दै उनले भने, ‘पञ्चायतको ३० वर्ष पनि पदमा बसेर चुनाव लड्ने कुराको हामीले विरोध गर्यौ, त्यसपछि बहुदल र गणतन्त्र आयो । यतिवेला पनि सरकारमै बसेर चुनाव लड्ने कुरा आयो त्यसकारण पञ्चायत र गणतन्त्रमा के फरक छ ?’

त्यस्तै, सांसद सुवालले पात्र फरक भएपनि काम उही हुने गरेको बताए । निर्वाचन घोषणा भएपछि निर्वाचन सरकार गठन हुने र संसदको पनि अन्त्य हुनेछ भनेर लेखेको भए अहिले यो समस्या नै नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्