Logo
Logo

सर्वोच्चको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस


26.1k
Shares

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको न्यायाधीशको नाम सिफारिस गरेको छ । 
उच्च अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षित, उच्च अदालतका मुख्य न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्ता प्राध्यपक डीएन पराजुलीको नाम सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएको हो ।

सर्वोच्च अदालतमा हाल दुई न्यायाधीशको पद मात्र रिक्त रहेता पनि परिषद्ले तीन जनाको नाम सिफारिस गरेको हो । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आगामी असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाशमा जान लागेका छन् । उनको स्थानमा समेत पदपूर्ति गर्ने गरी परिषद्ले तीन जनाको नाम सिफारिस गरेको हो ।

एक महिना पछि रिक्त हुने पदका लागि पनि सिफारिस गर्न सकिने कानुनी व्यवस्थाअनुसार हाल तीनजनाको नाम सिफारिस गरिएको परिषद्ले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्