Logo
Logo

बलात्कार मुद्दामा पल शाहलाई सफाइ


15.6k
Shares

नवलपुर । अभिनेता पल शाहलाई जिल्ला अदातल, नवलपुरले बलात्कारको मुद्दामा सफाइ दिएको छ ।

मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् । बलात्कारको मुद्दाबाट सफाई पाएपनि शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् ।

आचार्यको इजलासले पललाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । त्यस्तै, पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावकलाई पनि सचेत गराएको छ ।

तर, शाहको मुद्दा तनहुँ जिल्ला अदालतमा समेत विचाराधीन अवस्थामै रहेको छ । तनहुँबाट समेत सफाई पाएको अवस्थामा र नवलपुर जिल्ला अदालतले तोकेको जेल सजाय काटेपछि भने उनी थुनामुक्त हुन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्