Logo
Logo

सामुदायिक पुस्तकालय संघमा नयाँ नेतृत्व


693
Shares

चितवन । देशभरका सामुदायिक पुस्तकालयको छाता संगठन नेपाल सामुदायिक पुस्तकालय संघको अध्यक्षमा सन्तोष रावल चयन भएका छन् ।

चितवनमा सम्पन्न १३औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भरत खड्का र महासचिवमा राजेन्द्रप्रसाद पाण्डे चयन भए ।

यस्तै प्रदेश उपाध्यक्षमा प्रदेश १ बाट भीमकुमारी रावत, मधेसबाट भरत गिरी, बागमतीबाट सुजता विष्ट, गण्डकीबाट लीला भण्डारी, लुम्बिनीबाट चेतकान्त भट्टराई र सुदूरपश्चिमबाट ज्ञानुराज विनाडी छानिएको बताइएको छ ।

यसैगरी सचिवमा बालकृष्ण थपलिया, कोषाध्यक्षमा सागर मिश्र, सदस्यहरुमा लवहरी दाहाल, खड्गनारायण चौधरी, गंगा ढकाल, माधव भण्डारी, गोविन्द शर्मा, प्रतिक्षा चौधरी र पुष्पराज जोशी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्