Logo
Logo

सडकको हिरो र मेरो उत्तराधिकारी युवा : प्रचण्ड


5.9k
Shares

काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडकको हिरो युवा रहेको बताएका छन् ।

अखिल क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले युवा विद्यार्थीहरु सडकको हिरो भएको र सडक नतताएसम्म देशले गति नलिने बताए । उनले क्रान्तिकारी फोर्सको रुपमा टोल-टोलमा, गाउँ-गाउँमा गएर जनतालाई नयाँ चेतना दिने निर्देशन दिएका छन् ।

समाजवादी क्रान्तिकारीको नेतृत्व गर्ने जिम्मेवारी युवाको रहेको बताए। उनले भने, ‘समाजवादी क्रान्तिकारीको जिम्मेवारी लिने अब युवाको हो। के तपाईहरु जिम्मेवारी लिन तयार हुनुन्छ ?’

प्रचण्डले युवा समाजवादी क्रान्तिकारीको उत्तराधिकारी रहेको समेत बताए । उनले आफ्नो पार्टीको उत्तराधिकारी पनि युवा नै रहेको बताए।

प्रतिक्रिया दिनुहोस्