Logo
Logo

जनार्दनले अस्वीकार गरे उपमहासचिव पद


8.5k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता तथा अर्थमन्त्री दनार्दन शर्माले आफू उपमहासचिव नभई संगठन विभाग प्रमुख रहेको बताएका छन् ।

बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै महासचिवका दावेदार रहेका मन्त्री शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको समेत बताए ।

उनले घुमाउरो तरिकाले पार्टीको उपमहासचिव पद अस्वीकार गरे । मन्त्री शर्माले पार्टीमा ६ जना उपमहासचिव रहेको बताए । ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु’, उनले अघि भने ।

प्रतिक्रिया दिनुहोस्