काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गरेको हो ।
सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार केही दिनपछि सम्पत्ति विवरण सार्वजनिक हुनेछ । शेरबहादुर देउवा सरकारले सम्पत्ति विवरण गोप्य राखेको भन्दै आलोचना भएपछि सार्वजनिक हुन लागेको हो ।