काठमाडौं । गृह मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, उदयपुर लगायत ८ जिल्लाका सिडिओको सरुवा गरेको छ ।
काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरमा कार्यरत सिडिओ घनश्याम उपाध्यायलाई जिम्मेवारुी दिइएको छ । कांग्रेस नेता पूर्णबहादुर खड्काको निकटताका कारण उनले ललितपुरबाट काठमाडौं आउने अवसर पाएका हुन् ।
काठमाडौंका सिडिओ रिजाललाई गृह मन्त्रालयमा पठाइएको छ । उनले मन्त्रालयमा कर्मचारी प्रशासन शाखा सम्हाल्ने बताइएको छ । कास्कीमा कार्यरत जयनारायण आचार्यलाई ललितपुरमा जिम्मेवारी दिइएको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई कास्कीको सिडिओमा पठाइएको छ ।
त्यस्तै, जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँलाई मन्त्रालय सरुवा गरी त्यहाँ मुकेशकुमार केसरीको सरुवा गरिएको छ । केसरी अध्यागमन विभागमा कार्यरत थिए । दैलेख जिल्ला प्रशासनको जिम्मेवारी गोगन बहादुर हमाललाई पठाई दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायकमा पठाइएको छ । प्याकुरेल त्यसअघि पनि बाँकेमै थिए । बाँकेमा लामो समयदेखि उनको सेटिङ छ ।
पाँचथर सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरमा मन्त्रालयको प्रहरी प्रशासन शाखाका गणेश गैरेलाई पठाइएको छ । संखुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरी जिल्ला प्रशासन कार्यालय, सप्तरीको जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभामा सरुवा गरिएको छ ।