एजेन्सी । बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले युरोपेली संघ (ईयू) सँगको वार्ताले उत्तरी आयरल्यान्डमा ब्रेक्जिटपछिको व्यापार विवाद सुल्झाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
पदभार ग्रहणपछि प्रधानमन्त्रीका रूपमा पहिलो पटक संसदमा सम्बोधन गर्दै उनले आफ्नो मुख्य प्राथमिकता नै वार्ताबाट समाधान निकाल्नु रहेको बताइन् ।
बेलायत सरकारले बेलायत, स्कटल्यान्ड र वेल्सबाट उत्तरी आयरल्यान्डतर्फ जाने सामानमा आन्तरिक सीमा जाँचको विरोध गर्दै आएको छ ।