Logo
Logo

भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित


1.3k
Shares

काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् ।

बिहिवार बिहान आएको नतिजासँगै अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गर्दै चन्द निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित चन्दले ७६ मत ल्याएका थिए भने पराजित मास्केले ५० मत प्राप्त गरेकी थिइन् । कुल १ सय २८ मत खसेको थियो ।

यस्तै, महासचिव पदमा चन्द समूहकै रोशनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ८५ मत ल्याउदा उनका प्रतिद्वन्दी मनवीर छन्त्यालले ३९ मत पाए । निर्वाचनमा चन्द समूहनै विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्