काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर प्रतितोला एक हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ ।