Logo
Logo

सन्दीप लामिछानेलाई निलम्बन गर्ने क्यानको तयारी


4.5k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी थालेको छ । 

सन्दीपले बलात्कार गरेको भन्दै एक नाबालिग किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ । नुसन्धानका लागि सन्दीपलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइसकेको छ ।

सन्दीपलाई अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएसँगै प्रहरीले सन्दीपलाई जुनसुकै बेला पक्राउ गर्ने भएपछि क्यानले अनुसन्धानमा सहयोग गर्न जिम्मेवारीबाट निलम्बन गर्ने तयारी गरेको हो ।

क्यान स्रोतका अनुसार आज वा भोलि भित्रमा सन्दीपलाई क्रिकेट कप्तानसहित खेलकुद गतिविधिबाट अनुसन्धान नसकिएसम्म निलम्बन गर्ने भएको हो । 

सन्दीप भने हाल क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् । सन्दीपले आफू निर्दोष रहेको भन्दै क्यानसँग कानुनी सहायताका लागि अपिल गरेका छन् । सन्दीपले खेल सकिने बित्तिकै नेपाल फर्कने क्यानलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्