Logo
Logo

सत्ता गठबन्धनले कार्यदलको प्रतिवेदनका आधारमा सिट बाँडफाँट गर्ने


6.4k
Shares

काठमाडौं । सिट बाँडफाँटबारे मोडालिटी तय गर्न बनेको कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा अघि बढ्ने सत्तारुढ गठबन्धनबीच सहमति भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटका लागि सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले बिहीबार शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । कार्यदलले बुझाएको प्रतिवेदनकै आधारमा सिट बाँडफाँट गर्ने गठनबन्धनबीच सहमति भएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहितको कार्यदलको बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले प्रतिवेदन शीर्ष नेतालाई हस्तान्तरण गरेका छन् । 

कार्यदलले बनाएको प्रतिवेदनमा सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्रसमेत समेटिएको छ । कार्यदलले बुझाएको प्रतिवेदन आज शीर्ष नेताले अध्ययन गर्ने र शुक्रबार बस्ने बैठकले अन्तिम निर्णय गर्ने नेताहरूले बताएका छन् । 

सिट बाँडफाँट टुंगो लगाउन शुक्रबार सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस्