काठमाडौं । युनाइटेड सिमेन्ट्स प्रा.लि.ले धुनिबेसी–९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सी हस्तान्तरण गरेको छ । गएको बुधबार एक कार्यक्रमबीच सो सामाग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा धुनिबेसी नगरपालिका उपप्रमुख सुरज उप्रेती, वडा न. ९ का अधक्ष माधवप्रसाद सिलवाल, भूपु वडा अध्यक्ष्य साहिला राईकाका अलावा विभिन्न संघसंस्था प्रनिनिधि सहभागी थिए ।
कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बिगतका दिनहरुमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरीहार्य क्षेत्रमा यस समाजलाई हरेक तरहले सहयोग गर्दै आएको बताए ।
साथै उनले त्यसै वडा कार्यालयको रहोवरमा परिचालन हुने गरी केही बर्ष पहिले एम्बुलेन्स हस्तान्तरण गरेको तथा स्वास्थ्य चौकी स्थापनाका निम्ति युनाइटेड सिमेन्ट्सले जग्गा पनि उपलब्ध गराएको जानकारी दिए ।
कार्यक्रममा वडा अध्यक्ष माधव सिलवालले युनाइटेड सिमेन्ट्सको उक्त कार्य प्रसंशनिय रहेको बताए । उनले भने, ‘एउटा घरमा यदि महिलाले सिप जानेकी छन् भने, उनले सम्पूर्ण घरलाई नै आर्थिक तथा सामाजिक रुपमा ब्यबस्थित गर्न सक्छिन् । कसैलाई सिप सिकाउन सहयोग गर्नु भनेकोनै उसलाई दिगो आर्थिक विकास तथा स्तरउन्नतिको बाटोतर्फ लम्कन सिकाउनु हो भन्ने सबैको मान्यता हो ।’
ललितपुरको लेलेमा रहेको आफ्नै चुनढुंगा खानी तथा धादिङमा रहेको उद्योगबाट युनाइटेड सिमेन्ट्सले बिगत ७ वर्षदेखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ ।