Logo
Logo

माओवादी देशकै निर्णायक शक्ति हुनेगरी मात्र तालमेल गछौँ : प्रचण्ड


504
Shares

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी वामपन्थी आन्दोलनको पहिलो र देशको निर्णायक शक्ति हुनेगरी तालमेल गर्ने बताएका छन् ।

पोखरामा शुक्रबार माओवादी केन्द्र निकट जनस्वास्थ्यकर्मी महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो लक्ष्यभन्दा दायाँबायाँ हुनेगरी तालमेल नगर्ने समेत बताए ।

उनले स्थानीय तह निर्वाचनमा सम्भावना रहेर पनि आफ्नै पार्टीभित्रको समस्याले क्षति व्यहोर्नुपरेको बताए । अध्यक्ष प्रचण्डले भने, ‘स्थानीय तह निर्वाचनमा पहिला जितेकालाई बचाउन र पछि जितेकालाई कायम राख्न सकेको भए हामी देशको दोस्रो र वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्थ्यौँ ।’

आफ्नै पार्टीका कारण पहिला जितेका ५० भन्दा बढी पालिका गुमाउनु परेको बताउँदै उनले भने, ‘हाम्रो लक्ष्य के छ भने गठबन्धनमा तालमेल पनि यसरी होस् कि माओवादी केन्द्र देशको पहिलो वामपन्थी र निर्णायक शक्ति बनोस् । हामी त्यही ढंगले तालमेल गर्दैछौँ ।’ त्यो लक्ष्य प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा पूरा गरिछाड्ने प्रतिवद्धता समेत उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्