Logo
Logo

उत्तर कोरियामा नोभेम्बरबाट कोरोनाविरुद्ध खोप अभियान सुरु हुने


504
Shares

एजेन्सी । उत्तर कोरियाले आगामी नोभेम्बरमा कोभिड–१९ विरुद्ध आफ्ना जनतालाई खोप दिने घोषणा गरेको छ । राज्यले भाइरसमाथि विजय भएको घोषणा गरेको करिब एक महिनापछि शुक्रबार राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले उक्त घोषणा भएको जनाएको हो ।

विश्वको मानचित्रबाट नै पृथक रहेको भान हुने उत्तर कोरियाले महामारी सुरु भएदेखि पहिलो पटक आधिकारिक रुपमा खोपको लागि आफ्नो योजना घोषणा गरेको छ । ‘जिम्मेवार खोप प्रशासनको साथसाथै, हामीले नोभेम्बरदेखि सबै नागरिकहरूले आफ्नो स्वास्थ्यको रक्षा गर्न मास्क लगाउन सिफारिस गर्नुपर्छ’ नेता किम जोङ उनले भएका प्योङयाङको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसिएनए) ले जनाएको छ ।

केसिएनएले शुक्रबारको जारी गरेको प्रतिवेदनमा खोपहरु कहाँबाट आएको हो भन्ने विस्तृत विवरण नदिएको उल्लेख गरिएको छ । साइड इफेक्टको चिन्ताका कारण विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स् योजनाद्वारा व्यवस्था गरिएको एस्ट्राजेनिका खोप योजनाबद्ध ढुवानीलाई गत वर्ष सरकारले अस्वीकार गरेको थियो ।

महामारीको सुरुवातदेखि नै कडा नाकाबन्दी कायम गर्ने यस राष्ट्रको राजधानी प्योङयाङमा करिब चार महिना अगाडी नै ओमिक्रोन भेरियन्टको प्रकोप पुष्टि भएको थियो । यस प्रकोपको क्रममा नेता किमसमेत बिरामी परेका थिए । गत महिना भाइरसमाथि विजयको घोषणा गरेको र आधिकारिक रुपमा दर्ता भएका केसहरु शून्यमा झरेको बताइएको थियो ।

उत्तर कोरियाले आफ्ना दुई करोड २० लाख जनसङ्ख्या मध्ये कसैलाई पनि खोप नलगाएको विश्वास गरिएको छ । सोलको एनके न्यूजले प्योङयाङले आफ्नो प्रमुख सहयोगी चीनबाट केही खोप प्राप्त गरेको हुन सक्ने जनाएको छ । उत्तर कोरियाले कोभिड बिरामीहरुलाई ज्वरोका बिरामी बताउने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्