वेलिङ्टन । न्युजिल्यान्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान ह्वेल माछासँग ठोक्किएर ११ जना सवार रहेको माछा मार्ने डुङ्गा पल्टिएको छ ।
डुङगामा सवार दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेका छन् भने तीन जना अझै बेपत्ता छन् । त्यसैगरी अन्य छ जनाको भने उद्धार गरिएको छ । हेलिकप्टर, डुङ्गा टोली र स्वयंसेवकहरूको एक घण्टा लामो उद्धार प्रयासपछि अहिले उक्त डुङ्गा किनारामा तानिएको छ ।
तीनजना यात्रु अझै फेला परेका छैनन्। काइकोउरा एउटा सानो तटीय शहर हो जुन न्युजिल्याण्डको दक्षिण टापुमा ह्वेल अवलोकनका लागि प्रसिद्ध छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।