Logo
Logo

बाबुरामसँग प्रचण्डले भने- मिलेर जानुको विकल्प छैन


6.9k
Shares

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. बाबुराम भट्टराईसँग निर्वाचनमा मिलेर जान प्रस्ताव राखेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच शुक्रबार पोखरामा भेट भएको थियाे । सोक्रममा माओवादी अध्यक्ष प्रचण्डले हँसिया हथौडा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति भइरहेको भन्दै पार्टीमा स्वागत गर्ने बताए ।

अध्यक्ष प्रचण्डले शनिबार नेकपा माओवादी गण्डकी प्रदेशका केन्द्रीय सदस्य तथा पदाधिकारीहरुलाई प्रशिक्षण दिँदै बाबुरामसँग चुनावअघि कार्यगत एकता गर्ने र चुनावपछि पार्टी एकता गर्नेबारे सुनाए । प्रचण्डले प्रशिक्षण कार्यक्रममा भने, ‘हिजो जेजे भयो, अब मिलेर जानुको विकल्प छैन । माओवादीबिना अरु दलको केही लाग्दैन, हामीले जसरी पनि चुनावमा धेरैभन्दा धेरै सीट ल्याउनैपर्छ ।’

बाबुराम माओवादीसँग मिल्ने र अरु शक्तिसँग पनि मिन्ने पहल भइरहेको सन्देश जाँदा माओवादीलाई फाइदै पुग्ने प्रचण्डको भनाइ थियो ।

माओवादीमा आइसकेपछि बाबुरामलाई सम्मान गरिने भन्दै प्रचण्डले चुनावलगत्तै पार्टी एकता हुने भएकाले गोरखामा भट्टराईलाई सघाउने प्रचण्डले संकेत गरे । नारायणकाजी श्रेष्ठ अहिले राष्ट्रिय सभामै रहेकाले भट्टराईलाई नै त्यहाँ उम्मेदवार बनाउन प्रचण्डले चाहेको नेताहरुको भनाइ छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दुवै जनाले पार्टी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा एकअर्काप्रति सहानुभूति देखाएका छन् भने दुवै जनाले अब पार्टी एकता नै गरेर जाने बताएका छन् ।

प्रचण्डकाप्रति खरो कटाक्ष गरिरहने भट्टराईले शुक्रबार नरम बन्दै माओवादी आन्दोलनको बखान गाए भने प्रचण्डले पनि बाबुरामलाई अपमान हुने खालका कुरा नगर्न निर्देशन नै दिएका थिए । उनीहरुले पोखराबाट हिजोका दिनमा जे भएपनि अब मिलेर, सच्चिएर जाने सन्देश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्