Logo
Logo

दार्चुला अपडेट : ५ जनाको मृत्यु, १० बेपत्ता


1.7k
Shares

खलङ्गा । दार्चुलामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार पहिरोमा परी ८ जना घाइते भएका छन् ।

अहिलेसम्म ५ जनाको शव भेटिएको, १० जना बेपत्ता भएका छन् । घाइतेमध्य ५ जनाको अवस्था गम्भीर रहेको रावलले जानकारी दिए । पहिरोमा परेर महाकाली नगरपालिका-२ मुल्लाका ७७ वर्षका नन्दराम बोहरा, दल्लेखका ६८ वर्षका मोहन राम पार्की, महाकाली नगरपालिका-३ कि ३५ वर्षका मानमति कार्की, नौगाड गाउँपालिका-१ सल्लाकी ३२ वर्षका जानकी ठगुन्ना र नौगाड गाउँपालिका-१ कि १५ वर्षका धनुली ठगुन्नाको मृत्यु भएका छन् ।

घाइते भएका ८ जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । पहिरोमा परी ५ वटा जिप, एउटा कार र एउटा ट्याक्टर पनि हराएको छ ।

प्रतिक्रिया दिनुहोस्