Logo
Logo

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै


1.5k
Shares

काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि शनिबार बसेको बैठकमा सिट बाँडफाँटमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । हिजोको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएकोले सहमतिलाई अन्तिम रुप दिन नसकिएको मन्त्री कार्कीले बताए ।

एकीकृत समाजवादी र जसपाले माओवादी र काँग्रेसले दम्भ देखाएको आरोप लगाउँदै आएका छन् । गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा सिट बाँडफाँट गर्ने भनेता पनि अहिलेसम्म सहमति भने जुट्न सकेको छैन ।

दलहरूको आ-आफ्नै अडानले गठबन्धनको पटक-पटक बसेको बैठकमा सहमति जुट्न नसकेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्