Logo
Logo

दुईचोटी प्रधानमन्त्री भइसकेँ, सोच्यो भने सपना कि विपना जस्तो लाग्छ : प्रचण्ड


1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाको अठोटले मात्र नेपाललाई आत्मनिर्भरसहितको सम्मृद्ध मुलुक बनाउन सकिने बताएका छन् । आइतबार काठमाडौमा युवा उद्यमशीलता शिखर सम्मेलन–२०२२ लाई सम्बोधन उनले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘हजारौ युवाहरुले अठोट गर्ने हो भने नेपाललाई आत्मनिर्भरसहितको सम्मृद्ध मुलुक बनाउन सकिन्छ ।’ उनले नेपाल र नेपालीका लागि कृषिमा आत्मनिर्भर हुने कुरा सबैभन्दा महत्वपूर्ण रहेको बताए ।

पैसा कमाउने र देशलाई सम्मृद्ध बनाउने कुरा एउटै नभएको उनको भनाइ छ । ‘अहिले भ्रष्टाचार, ठगीबाट छिटो पैसा कमाउने प्रवृति खतरा प्रवृति देखिँदैछ’ प्रचण्डले भने, ‘तर, सम्पत्ति कमाउनु सभ्य हुनु होइन । सम्पति कसरी कमाइन्छ र सम्पति कसरी खर्च गरिन्छ ? त्यो महत्वपूर्ण कुरा हो ।’

उनले आफू दुई पटक प्रधानमन्त्री भइसकेको बताउँदै भने, ‘पहाडमा खान नपुगेर चितवन बसाइसराइ गरेर आएको परिवारको एउटा बच्चा । दुईचोटी त प्रधानमन्त्री भइसकेँ गणतन्त्र नेपालको । कसरी यो सम्भव भयो ? यसो हेर्यो भने आफैँलाई सपना हो कि विपना जस्तो लाग्छ । तर, हुँदो रहेछ ।’

आफु युद्धको कमाण्डर समेत भएको र युद्धलाई शान्तिमा रुपान्तरण गर्ने अवसर पनि पाएको बताउँदै प्रचण्डले भने, ‘संविधान निर्माण गर्ने अवसर पनि प्राप्त भयो, संविधान जारी पछि पनि दोस्रो पटक प्रम भएर संविधान कार्यान्वयनको ऐतिहासिक अवसर पनि प्राप्त भयो । यो सबै आफ्नो अठोटका कारण भएको हो ।’

प्रतिक्रिया दिनुहोस्