Logo
Logo

सडक विभागका २९४ ठेक्का अलपत्र


882
Shares

फाइल फाेटाे ।

काठमाडाैं । सडक विभाग र ठेकेदारको लापरवाहीका कारण २९४ वटा ठेक्का अलपत्र परेका छन् ।

म्याद गुज्रेको वर्षौं बितिसक्दा पनि ती सम्पन्न नभएपछि सडक विभागले २९४ वटा ठेक्कालाई ‘रुग्ण ठेक्का’ घोषणा गरेको छ । ठेक्का अवधिको सय प्रतिशत अवधि म्याद थप भइसक्दा पनि सम्पन्न हुन नसकेका ठेक्का, १ वर्षभन्दा बढी समय म्याद थप स्वीकृत नभई गुज्रेका ठेक्का, डिजाइन त्रुटी भई एक वर्षभन्दा बढी अवधिसम्म निर्माण कार्य ठप्प भएको ठेक्काहरुलाई रुग्ण घोषणा गरिएको हो ।

रुग्ण ठेक्कामा ८७ वटा सडकसँग सम्बन्धित छन् । २०७ वटा पुलसँग सम्बन्धित छन् । सडक विभागका अनुसार रुग्ण ठेक्का घोषणा गरिएकामा १० वटा आर्थिक वर्ष २०६९/७० भन्दा अघिका छन् । यस्तै, आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्मका २४८ ठेक्कालाई रुग्ण घोषणा गरिएको छ ।

पुराना ठेक्काहरुमा मूआब्जा र क्षतिपूर्तिको समस्या यथावत रहेको र नयाँ योजनाहरुमा समेत जग्गा प्राप्ति गर्न कठिनाई, स्वस्थानीद्वारा अत्याधिक मुआब्जाको माग भएका कारण धेरै ठेक्काहरु सम्पन्न गर्न नसकिएको ठहर विभागको छ ।

प्रतिक्रिया दिनुहोस्