Logo
Logo

गठबन्धन बैठक सकियाे, सिट बाँडफाँटमा सहमति हुन सकेन


22.9k
Shares

काठमाडौं । सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सोमबार बिहान ८ बजे बस्ने गरी बैठक टुंगिएको हो । बैठकमा आगामी निर्वाचनका लागि सिट बाँडफाँटलाई अन्तिम रुप दिने भनिएपछि सहमति जुट्न सकेन ।

शीर्ष नेताको बैठकमा सहमति हुन नसकेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । धेरै कुरा मिलेपनि केही विषय टुंगिन बाँकी रहेको उनले बताए ।

बाँकी विषयमा भोली सहमति जुट्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्