काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलमा बसपार्कनजिक रहेको मञ्जुश्री पेट्रोल सेन्टर हटाएको छ । महानगरकै जग्गामा रहेको उक्त पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो । जसलाई महानगरले आइतबार हटाएको हो ।
महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियान चलाएपछि १२ नम्बर वडामा रहेको उक्त पेट्रोल पम्प हटाउन थालिएको महानगरले जनाएको छ ।
महानगरका मेयर चिरिबाबु महर्जनसहितको टोलीसहित आइतबार लगनखेल पुगेर पेट्रोल सेन्टरमा पुगेर इन्धन खाली गराएको हो ।