Logo
Logo

सहुलियत ऋण लगानीबाट चार सय ३० कृषक लाभान्वित


630
Shares

दमौली । सहुलियत ब्याजदरमा ऋण लगानीबाट तनहुँका चार सय ३० पशुपालक कृषक लाभान्वित भएका छन् । जिल्लास्थित विभिन्न बैंकले उपलब्ध गराएको सहुलियत ब्याजदरमा ऋण लगानीबाट चार सय ३० पशुपालक कृषक लाभान्वित भएका हुन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको तथ्यांकअनुसार जिल्लाका १४ बैंकले पशुपालक कृषकलाई सहुलियत ब्याजदरमा ऋण लगानी गरेका छन् । सरकारको निर्णय बमोजिम ती बैंकले पशुपालक कृषकलाई सहुलित ब्याजदरमा पशुपालन गर्नका लागि ऋण उपलब्ध गराएको विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।

पशुपालनमा सहयोग पु¥याउन बैंकले पाँच प्रतिशत ब्याजदरमा ऋण प्रवाह गरेका छन् । कार्यालयको तथ्यांकअनुसार कृषकलाई रु ३३ करोड १८ लाख १५ हजार ऋण प्रवाह गरिएको छ । कृषकले ऋण लिएर कुखुरापालन, पशुपक्षी तथा मत्स्यपालना, बाख्रा, गाईभैंसीपालनमा लगानी गरेका छन् ।

कुखुरापालनका लागि आठ, पशुपक्षी तथा मत्स्यपालनका लागि एक सय २९, बाख्रा तथा गाईभैंसीपालनका लागि चार, पशुपालनका लागि दुई सय ८७ ले सहुलियत ब्याजदरमा ऋण लिएका छन् ।

कुखुरापालनका लागि एनआइसी एसिया बैंकले रु २० लाख, पशुपक्षी तथा मत्स्यपालनका लागि नेपाल बङ्गलादेश बैंकले रु एक करोड २५ लाख, बाख्रा तथा गाईभैंसीपालनका लागि साङ्ग्रिला विकास बैंकले रु १७ लाख, पशुपक्षीपालनका लागि सनराइज बैंकले रु चार करोड पाँच लाख, पशुपक्षीपालनका लागि लक्ष्मी बैंकले रु एक करोड ९२ लाख ८३ हजार लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्