Logo
Logo

चोलेन्द्रसँगकाे बयान सकिँदै, प्रतिवेदन आजै तयार हुने


3k
Shares

काठमाडौं । प्रतिनिधिसभाद्वारा गठित महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिँदैछ । जवरासँग समितिले पाचौँ पटक वयान लिन लागेकाे हाे ।

समितिले लिखित र मौखिक गरी ४३ प्रश्नको रोस्टर तयार पारेकामा यसअघि ४ दिनको बयानमा जबरासँग ३५ वटा प्रश्न सोधेको छ । अब आठ प्रश्न बाँकी छ । समितिले आजै सबै प्रश्न सोधेर प्रतिवेदन संसदमा बुझाउने तयारी गरेको छ ।

प्रतिनिधिसभाको कार्यकाल केही दिन मात्र बाँकी रहेकाले समितिले सोमबार नै बयान लिने काम सक्ने भएको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार समितिले प्रतिवेदन लेखनको काम पनि जारी रहेकाले चाँडै प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने छ । त्यसपछि संसदमा जबराविरुद्धको महाअभियोग प्रस्ताव निर्णयार्थ पेस गरिने छ ।

प्रतिक्रिया दिनुहोस्