Logo
Logo

महिला साफ : नेपाल र श्रीलंका भिड्दै


630
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका खेल्दै छन् ।

साँझ साढे ५ बजे काठमाडाैंस्थित दशरथ रंगशालमा हुने खेल जित्दै सेमिफाइनल पुग्ने नेपालको योजना छ । नेपालले पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो ।

२ खेल खेलिसकेको भुटान १ जित र १ हारको नतिजापछि सेमिफाइनल प्रवेश गरिसकेको छ । भुटानले श्रीलंकालाई ५-० ले पराजित गरेको थियो । श्रीलंकासँग बराबरी वा जितले नेपाल समूह विजेता बन्नेछ ।

श्रीलंकाले भने सेमिफाइनल पुग्न नेपाललाई ५ भन्दा बढी गोल अन्तरले हराउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्