Logo
Logo

सिलौटो निर्माणमा प्रयोग हुने खोलाको ढुंगा ल्याउन रोक


1.8k
Shares

लमजुङ । लमजुङको बेसीसहर नगरपालिकामा सिलौटो व्यवसाय सञ्चालन गर्दै आएका बलबहादुर बसेललाई दैनिकी गुजार्न समस्या छ ।

वर्षौदेखि सुकुम्बासीको रुपमा खोलाको किनारमा बस्दै आएका उनलाई घरपरिवार चलाउन समस्या छ । आम्दानीको स्रोत अरु नभएपछि आफ्नै पुख्रयोली व्यवसायलाई मुख्य पेसाको रुपमा लिई सिलौटो बनाउने कामलाई निरन्तरता दिएको बताए ।

नगरपालिकाले यस बिषयमा सहज वातवरण मिलाइदिए घरपरिवार चलाउन त्यति मुस्किल नपर्ने उनी बताउँछन् । ‘नागरिकको विचार सुनुवाइ हुनुर्पछ । तर यहाँ यो व्यवस्था छैन, पहुँचवालाई जे गर्दा पनि हुन्छ,’ उनले भने, ‘हामी गरिबले एउटा सिलौटो बनाउने ढुंगा लिन जाँदा बाहना बनाएर जानुपर्छ ।’

खोलाको ढुङगा ल्याउन समेत रोक लगाएको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्