Logo
Logo

मिटरब्याज पीडितको प्रदर्शनमा प्रहरी हस्तक्षेप


1.6k
Shares

काठमाडौं । मिटरब्याज पीडित र प्रहरीबीच कीर्तिपुरमा झडप भएको छ । न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो ।

मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएका उनीहरुले सोमबार कीर्तिपुरमा प्रदर्शन गरेका थिए ।
सोक्रममा प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले धडपकड गर्दै पक्राउ गरेको छ । प्रदर्शनमा सहभागी ६०/७० जना मिटर ब्याजी पीडितलाई प्रहरीले पक्रेको छ । त्यसक्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनमा सहभागी भएका कुलबहादुर थापाको टाउमा चोट लागेको मिटरब्याज पीडितहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्