Logo
Logo

घुस लिएको अभियोगमा मुद्दा


6.7k
Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कम्प्युटर बिलिङ गर्ने क्रममा सेवाग्राहीसँग रु ३० हजार घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले श्रेष्ठलाई गत साउन १८ गते पक्राउ गरेको थियो । आयोगले बिगोबमोजिमको कारबाही र कैद सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्