Logo
Logo

मेचि राजमार्गको काबेलीखण्ड ९ घण्टादेखि अवरुद्ध


567
Shares

फाेटाे : राजकुमार बानियाँ

ताप्लेजुङ । गएराति झरेको पहिरोले मेची राजमार्गको काबेलीखण्ड अवरुद्ध भएको छ ।

ताप्लेजुङ र पाँचथरको सिमा काबेली पुल छेउमा गएराती चट्टानसहिहतको पहिरो खसेर सडक पुरेको छ । सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ र काठमाडौंका लागि छुटेका र ताप्लेजुङ भित्रिने सवारी रोकिएका छन् ।

अहिले स्काइभेटर मेसिनले पहिरो पन्छाउन सुरु भएको यात्रु राजकुमार बानियाँले जानकारी दिए । पहिरोले करिब ३० मिटर सडक पुरेको उनको भनाइ छ ।

करिब ११ बजेसम्ममा सडक एकतर्फी सुचारु हुनसक्ने अर्का यात्रु खगेन्द्र निरौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्