Logo
Logo

प्रहरी कार्यालयमै चोरी


14k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरी कार्यालयमै चोरी भएको छ । सिंगो विमानस्थलको सुरक्षाको जिम्मेवारी बोकेको प्रहरी कार्यालयबाट ल्यापटप चोरी भएको हो ।

करिब दुई महिनाअघिको यो घटनालाई प्रहरीले गोप्य राखेको छ । एक प्रहरी अधिकृतका अनुसार नागरिक उड्डयन कार्यालयले सो ल्यापटप खरिद गरी प्रहरीलाई दिएको थियो । विमानस्थलमा प्रहरीका हाकिम फेरिने बेलामा ल्यापटप हराएको हो । यो विषयमा प्रहरीले खोजबिनमा पनि चासो नदिएकाले उच्च प्रहरी अधिकारीले नै गायब बनाएको कर्मचारीले आशंका गरेका छन् ।

विमानस्थलमा कार्यरत कतिपय प्रहरीको ध्यान कमाउधन्दामा मात्र हुने गरेको छ । त्यस्ता प्रहरीबाट समेत सुरक्षा जोखिम बढेको छ । विगतमा विमानस्थलबाट प्रहरीकै मिलेमतोमा सुनदेखि डलर तस्करीमा प्रहरीको संलग्नता पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्