Logo
Logo

डोरीले घाटी कसेर श्रीमतीको हत्या, श्रीमान पक्राउ


1.2k
Shares

ललितपुर । ललितपुरमा डोरीले घाटी कसेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेको छ ।

दोलखा भिमेश्वर नगरपालिका-९ घर भई ललितपुर महानगरपालिका-२९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई प्रहरलिे पक्राउ गरेको हो ।

उनले ४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या गरेको प्रहरीले जनाएको छ । गोदावरी नगरपालिका–३ फुलचोकीस्थित जंगलमा सडिगलेको अवस्थामा आइतबार दिउँसो रुपाको शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न लामालाई पक्राउ गरेको हो ।

लामाले भदौ १६ गते दिउँसो श्रीमतीसँग वादविबाद भएको कारण डोरीले घाँटीमा बाधेर हत्या गरेको प्रारम्भिक अनुसम्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्