Logo
Logo

पूर्व उपराष्ट्रपतिका नाममा ठगी


5.6k
Shares

काठमाडौं । नेपालमा क्रिश्चियन धर्मको नाममा अनेक धन्दा त चलेकै छ, हिन्दू धर्मको नाममा पनि ठगी बढेको छ । उच्चपदस्थ व्यक्तिको नामसमेत बेचेर खुलेआम रूपमा ठगी भइरहँदा पनि राज्यका निकाय रहस्यमय रूपमा मौन छन् । पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायतले समेत यस्तो ठगीमा साथ दिएका छन् ।

गत शनिबार होटल आनन्दमा धर्मका नाममा प्रभु कृपा दुःख निवारण समागम कार्यक्रम आयोजना गरियो । सबै रोग र दुःख अन्त्य हुने भन्दै सो कार्यक्रम गरिएको थियो । महाब्रम्हर्शी श्री कुमार स्वामीजीको नाममा यस्तो कार्यक्रम गरिएको थियो ।

जसमा हालै बितेकी बेलायतकी महारानीदेखि अमेरिकी राष्ट्रपति जोय बाइडेनसम्मको बदनाम गरिएको थियो । उनीहरूसमेत यी धर्मगुरूबाट प्रभावित भएको भनेर दैनिक पत्रिकामा विज्ञापनसमेत गरिएको थियो ।

नेपालमा पनि पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायतको सहमति बिना नै यस्तो कार्यक्रमबाट दुःख र गरिबी अन्त्य हुने भन्दै भ्रमपूर्ण प्रचार गरिएको थियो । यस्तो कार्यक्रममा सुरक्षा दिएर प्रहरीले उल्टो संरक्षण दिएको थियो ।

जबकि भिआइपीहरूले आफ्नो नाम दुरुपयोग गरेकोमा आपत्ति जनाएका छन् । राज्यका विभिन्न व्यक्तिलाई समेत उनीहरूले प्रभावमा पारेर यस्तो कार्यक्रम गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्