Logo
Logo

मेलम्चीका बाढी प्रभावितको समस्या सुल्झाउन मोहन बस्नेतको आग्रह


315
Shares

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरो पीडितहरुको समस्या समाधान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

मङ्गलबार हेटौँडामा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेट गरी उनले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिकामा बाढीपहिरोका कारण सयौँ घर समस्यामा परेको जानकारी गराउँदै उनीहरुको समस्या समाधान गर्न आग्रह गरे ।

उनले जोखिमयुक्त स्थानहरुको निर्माण तथा मर्मतसम्भार गर्न प्रदेश सरकारलाई आग्रह गरे । प्रदेश सरकारले सो क्षेत्रका लागि उपलब्ध गराएको रु १० करोडको बजेट पनि समयमै कार्यान्वयन नभएको भन्दै नेता बस्नेतले सयौँ घर विस्थापित भएकामा चिन्ता व्यक्त गरे ।

प्रदेश सरकारले पीडितहरुको घर बनाइदिने भनेर निर्णय गरेको भए पनि हालसम्म निर्माण कार्य नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । उनले हेटौँडामा सडक विस्तार गर्न, व्यवस्थित राजधानीका रूपमा विकास गर्न र प्रदेशको आफ्नै संरचना निर्माण गर्नसमेत सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्