काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्दैछ।
आज कार्यालय समयदेखि कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।
यस मध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
असोज २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा असोज १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।