Logo
Logo

परिसंघको आयोजनामा १९ माघदेखि औद्योगिक प्रदर्शनी


189
Shares

विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी (सीएनआई एक्स्पो) हुने भएको छ ।

नेपाल उद्योग परिसंघ प्रदेश–१ को आयोजनामा १९ माघदेखि २ सम्म विराटनगर–२ शंकरपुरमा एक्स्पो लाग्ने छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पो लगाउन लागिएको नेपाल उद्योग परिसंघ प्रदेश–१ का अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।

१० दिनसम्म सञ्चालन हुने एक्स्पोमा कृषि एवं औद्योगिक मेसिनरीहरूको प्रदर्शनी तथा बिक्री वितरण हुनेछ । मेलाले कृषि आधुनिकीकरण, नयाँ प्रविधिको पहिचान, स्वदेशी उत्पादनको प्रवद्र्धनको र पर्यटन विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

स्थानीय उत्पादनलाई बजारसँग जोडने उद्देश्यले एक्स्पो गरिएको एक्स्पोमा स्वदेश तथा विदेशका विभिन्न उत्पादनसहित ३ सय ५० स्टल रहने सहसंयोजक गिरिजा सारडाले जानकारी दिइन् ।

एक्स्पोमा नेपालसँगै भारत, चीन, बंगलादेश र पाकिस्तानलगायत अन्य विभिन्न मुलुकका उत्पादन बिक्री वितरण हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्