Logo
Logo

संक्रमणकालीन न्यायको विषयलाई सहमतिमै टुंगो लगाउँ : प्रचण्ड


315
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको ‘सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन-२०७१ संशोधन गर्न बनेको विधेयकलाई सहमतिका आधारमा टुंग्याउन जोडबल दिएका छन् ।

अध्यक्ष प्रचण्डले बुधबार कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै विधेयकका बारेमा दलहरुबीच व्यापक अन्तरक्रिया गरेर आजै बेलुकासम्ममा टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् ।

प्रचण्डले केही संशोधन आवश्यक भएमा त्यसलाई पूरा गरेर अघि बढाउनुपर्ने बताएका थिए । विधेयकका बारेमा विभिन्नखाले टिप्पणी भइरहेको भन्दै उनले बीचको बाटोबाट जान सक्नेगरी उपाय खोज्नुपर्ने उनको भनाइ छ ।

विधेयकमा केही शब्द विवाद देखिएको भन्दै उनले त्यसमा कसको जित वा हार भन्नेतिर नगइ सबैलाई मान्य हुनेगरी अघि बढ्न जरुरी रहेको बताए ।

विस्तृत शान्ति सम्झौतापछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले संक्रमणकालीन न्यायलाई ‘फर्गिभ एन्ड फर्गेट’ गरौं भनेर प्रस्ताव गरेको स्मरण गराउँदै त्यस समय केही मुलुकले आपत्ति जनाउलान् कि भनेर त्यतितिर नगएको उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले भने, ‘यो पक्ष विपक्षको विषय होइन, सबैको सरोकार र चिन्ताको विषय हो । त्यसैले यसमा अल्पमत र बहुमतभन्दा पनि सर्वसम्मत रुपमा टुंगाो लगाऊँ ।’

प्रतिक्रिया दिनुहोस्