Logo
Logo

सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घट्यो


819
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको जानकारी दिएको छ ।

महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुन ९३ हजार पाँच सय र तेजाबी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ छ । मंगलबार यसको मूल्य ११ सय ८५ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया दिनुहोस्