Logo
Logo

चोलेन्द्रले पोलेका नेतालाई समितिले बयान नलिने


1.2k
Shares

काठमाडौं । महाअभियोग सिफारिस समितिले राजनीतिक दलका नेताहरुलाई बयानका लागि नबोलाउने भएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समितिसँगको बयानमा नाम लिएकाहरुलाई व्यक्तिहरुलाई यसअघि बयानमा बोलाउने निर्णय गरेको थियो । तर, बुधबार बसेको समितिको बैकले जबराले नाम लिएका पूर्वन्यायाधीश लगायतसँग मात्र सोधपुछ गर्ने निर्णय गरेको छ ।

समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टका अनुसार चोलेन्द्रले बयानको क्रममा नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुलाई समितिमा बोलाउने निर्णय गरेको छ । आज उनीहरुलाई आज पत्राचार गर्ने निर्णय भएको विष्टको भनाइ छ ।

तर, राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने समितिका सदस्य एवं कांग्रेस नेता मिन विश्वकर्माले बताए । समितिको बैठक बिहीबार बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्