एजेन्सी । बैंककमा अवस्थित ‘रोयल थाई आर्मी वार कलेज’मा बुधबार भएको गोलीकाण्डमा परी दुई जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएको थाई सेनाका प्रवक्ताले बताएका छन् ।
![](https://www.drishtinews.com/wp-content/uploads/2021/03/gun_fireed-1024x552-1.jpg)
सो गोलीकाण्डमा ५९ वर्षीय बन्दुकधारीले स्थानीय समयानुसार बिहान ८ः५५ बजे आफ्ना सहकर्मीहरूलाई गोली हानेका थिए ।
घटनापछि उनलाई नियन्त्रणमा लिइएको र गोली चलाउनुको कारण अझै स्पष्ट नभएको सेनाका उपप्रवक्ता सिरिचन नगाथोङले बताएका छन् ।