Logo
Logo

टायर फेर्न नसक्दा दिल्ली उड्न सकेन जहाज, २१५ जना यात्रु अलपत्र


3.4k
Shares

काठमाडौं । एउटा पांग्रा फेर्न नसक्दा नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० (९ एन–एएलजेड) जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ ।

स्रोतका अनुसार त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १:२५ बजे दिल्ली जाने तयारीमा रहेका २१५ जना विमानस्थलमै अलपत्र परेका छन् । त्यस्तै, दिल्लीबाट काठमाडौं आउन पर्खिरहेका २७० जना यात्रु विमानस्थलमै अलपत्र परेका छन् ।

निगमका एक अधिकारीका अनुसार नियमित रुपमा परिवर्तन गर्नुपर्ने पछाडिको टायर निगम व्यवस्थापनले फेर्न नसक्दा उडान नै रोकिएको हो । जहाजको टायर फेरेर आजै ५ बजेसम्म जहाज उडाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्